कर तिर्नु नागरीकको दायित्व होः मुख्यमन्त्री पौडेल

कर तिर्नु नागरीकको दायित्व होः मुख्यमन्त्री पौडेल

हेटौंडा, २८ कात्तिक/ ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कर तिर्नु नागरीकको दायित्व भएको बताउनुभएको छ ।

आन्तरिक राजस्व विभागको आयोजना तथा सिस्नुपानी नेपालको प्रस्तुतिमा भएको कार्यक्रममा बोल्दै उहाले करबाट नै मुलुकको हरेक बिकासक्रम अगाडि बढ्ने बताउनुभयो
उहाँले भन्नुभयो–‘कर तिर्नु हरेक नागरिकको कर्तव्य हो, कर तिरी सम्बृद्ध मुलुक निर्माणमा सहयोग गरौं ।’ कर तिरेर देश बनाउने अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । मुलुक बनाउने जिम्मा सबैको हुने भन्दै मुख्यमन्त्री पौडेलले सबै नागरिकहरुले आफ्नो दायित्व पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो । कर तिर्नु हरेक नागरिकको कर्तव्य हुने भन्दै मुख्यमन्त्री पौडेलले सबै नागरिकले कर तिर्नुपर्ने धारणा राख्नुभयो । नागरिकले तिरेको कर सहि ठाउँमा उपयोग गर्न सबैको खबरदारी अनिबार्य रहेकोमा उहाँको जोड थियो ।
कारागार विकासमा प्रदेशले सहयोग गर्छः मुख्यमन्त्री
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी कारागार बिकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेबी बजारको आयोजनामा भीमफेदी कारागारमा पुस्तकालय स्थापना कार्यक्रममा बोल्दै कारागारलाई यातनास्थल भन्दा पनि सुधार गृहका रुपमा राख्ने बताउनुभयो । विभिन्न कालखण्डमा विभिन्न मुद्दामा रहेका कैदिबन्दीहरु उत्पादन कार्यमा लाग्नु पर्ने बताउनुभयो । कारागारमा उत्पादित बिभिन्न उत्पादनहरुको बजारका लागि स्थानीय सरकारको सहकार्यमा काम गर्ने पनि बताउनुभयो ।