बिकासको परिणाम तथ्याँकीय रुपमा देखिन थालेको छ- मुख्यमन्त्री पौडेल

बिकासको परिणाम तथ्याँकीय रुपमा देखिन थालेको छ- मुख्यमन्त्री पौडेल

हेटौंडा, ७ फागुन/ बागमती प्रदेशका मुख्ययमन्त्री डोरमणि पौडेलले आर्थिक, सामाजिक रुपानतरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने प्रदेशको लक्ष्य रहेको बताउनुभएको छ ।

सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास समेत दिलाउनुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा हेटौंडामा भएको कार्यक्रममा बोल्दै आन्दोलनको परिणाम स्वरुप आएको संघीयता कार्यान्वयनको महत्वपूर्ण क्षणमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“ सर्बसम्मतबाट प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।” सरकारले प्रदेशको गौरब एबम् गेम चेन्जर योजनाका रुपमा पोष्ट बहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग भएको बताउनुभएको छ । यसैगरी प्रदेश चक्रपथ निर्माण योजना, एकिकृत बस्ती विकास, १० जिल्लाका ४७ वटा प्रहरी इकाई भवनहरूको निर्माण, २ वटा प्रदेश स्तरीय औद्योगिक क्षेत्र र औद्योगिक करिडोर स्थापनाको तयारी, एक स्थानीय तह एक ग्राम उद्योग, ८ वडा हिलस्टेसन घोषणा, केन्द्रिय खेलकुद प्रतिष्ठान हेटौँडामा रंगशाला निर्माण, प्रदेशलाइ फलफुलमा आत्मनिर्भर वनाउने कार्यक्रम अभियान, दुई वर्षमा ५९ वटा जडीबुटी संकलन तथा भण्डारण केन्द्र स्थापना, बिद्युतिय बस संचालन, यायातात निगम स्थापना लगायतका योजनाहरुको काम भैरहेको समेत बताउनुभयो ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एब बिद्यालय एक नर्स कार्यक्रम, आगामी आर्थिक बर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना देखी अध्ययन अध्यापन कार्य सुरु गर्ने, शिक्षा क्षेत्रमा गुणस्तरीयता र निरन्तरताका लागि छोरी वुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम, सामुदायिक विद्यालयहरुमा ई–लाइब्रेरी, युवा बैज्ञानिक प्रोत्साहन कोष, सामुहिक खेति, दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध कृषकहरुलाइ दूधमा प्रति लि १ रुपैया अनुदान, १० जिल्लाका १३ स्थानमा कोल्ड स्टोरेज निर्माण, लिफ्ट सिंचाई प्रणालीलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।
शहिदहरुले देखाएको बाटोमा अविराम अविचलितरुपमा लाग्ने संकल्प गर्ने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रदेश सरकारसंग प्रचुर सम्भाबना, अवसर र चुनौतिहरु समेत रहेको बताउँदै लामो समयदेखी देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य हुनु उपलब्धी रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–“राष्ट्रिय अखण्डता, र्सार्वभौमिकता र राष्ट्रिय एकता सदृढ गर्न र आपसी विश्वास, सहमति र सहकार्यद्वारा लोकतान्त्रिक संविधान निर्माण गरी देशमा स्थायी शान्ति कायम राख्न हामी सफल समेत भएका छौं ।”
सरकार गठनपश्चात आर्थिक रुपान्तरणको सत्य छर्लङ्ग रहेको उहाँको भनाई थियो । परिबर्तनका सम्बाहकहरु तथ्याँकीय रुपमा परिबर्तन हुन थालेको भन्दै चिनसंग जोडिएको केरुङ नाका अब भौगोलिक जटिलताका कारणले नरोकिने स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो–“ सरकारले काम गरेन भनेर आलोचना मात्र गर्नेहरुको लागि सरकारको कामको परिणामले जवाफ दिन थालीसकेको छ । हामीले कल्पना मात्र गर्ने पानीजहाज र सुरुङ मार्गको कुरा अब परिणाममा आउने छ । २ बर्षमा यी कुराहरु सम्भब हुनेछन्, मुलुक नयाँ दिशामा अगाडि बढेको प्रत्यक्ष महसुुुस हुनेछ । कामका परिणामहरु खोज्न टाढा जानु पर्दैन, आँगन आँगनमा यसको परिणामहरु देखिन र सुनीन थालेको छ ।” सरकारसंग सिमित स्रोत र साधनको अधिकतम उपयोग गरी आर्थिक बृद्धिदर बढाउनु पर्ने भन्दै स्रोत साधनले मात्र नपुग्ने भएकोले देश र बिदेश तथा नीजि क्षेत्रको सहयोगमा लक्षित स्थानमा पुग्न सकिने बताउनुभयो ।