भ्रष्टाचार निवारणको सुरुवात आफ्नै कार्यलयबाट–मुख्यमन्त्री

भ्रष्टाचार निवारणको सुरुवात आफ्नै कार्यलयबाट–मुख्यमन्त्री

भ्रष्टाचार निवारणको सुरुवात आफ्नै कार्यलयबाट–मुख्यमन्त्री हेटौंडा, १८ असोज हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार निवारणको सुरुवात आफ्नै मन्त्रालयबाट सुरु गर्ने बताउनुभएको छ ।

बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा भएको भ्रष्टाचार निवारण सम्बन्धी सञ्चारकर्मी संगको अन्तरकृया कार्यक्रममा बोल्दै उहा“ले प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने अभियानलाई तिब्रता दिईने बताउनुभयो । आफ्नो कार्यलयसंगै पुरै प्रदेशमा पनि भ्रष्टाचार हुन नदिन सरकार दृढ रहेको बताउनुभयो ।
‘‘भ्रष्टाचारले पिरोलेको देशलाई हामी सबै मिलेर जोगाउनु पर्छ, कति सक्छौं हामी आफ्नो तर्फबाट लाग्छौं मन्त्रालयले अभियान सुरु गर्छ, के के गनुपर्ने हो गर्छ, यहा“बाट सुरु गरेपछि यसले गति लिन्छ।’’ उहा“ले भन्नुभयो–‘‘कुनै मान्छे चोखो छैन प्रत्यक्ष अप्रत्यक्ष भ्रष्टाचार गरेका छन्, यस्ता भ्रष्टाचार हामीबाट ह“ुदैन भन्ने प्रतिबद्धता गरे भ्रष्टाचार कम हुन्छ ।’’ मुख्यमन्त्री पौडेलले हरेक ठाउ“मा भ्रष्टाचार हुने भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ । उहा“ले भन्नुभयो–‘‘ कहा“बाट उदाहरण दिउ“, जहा“सुकै छ भ्रष्टाचार, भ्रष्टाचार नभएको ठाउ“ कहा“ छ, भ्रष्टाचार छ जहा“सुकै । बाटोमा छ घाटोमा छ शिक्षामा छ स्वस्थ्यमा छ नीतिनिर्माण कर्तामा छ भ्रष्टाचार ।’’ यसैले यसलाई निमिट्यान्न पार्न नसकेपनि न्युनिकरण गरेरै छोड्छौं ।’’ देशमा सबैभन्दा डरलाग्दो ढंगबाट नीतिगत भ्रष्टाचार रहेको बताउ“दै समृद्धि र सुसाशनको बाधक नै भ्रष्टाचार रहेको उहा“को कथन थियो ।
उहा“ले कानुन बनाउनेले नै भ्रष्टाचार गर्ने बाटो राख्ने गरेको बताउनुभयो । उहा“ले भन्नुभयो–‘‘ भ्रष्टाचारका लागि उनीहरुले पहिले नै दुलो राखेका हुन्छन्, अनि कहा“बाट रोकिन्छ भ्रष्टाचार ? उहा“ले प्रश्न गर्नुभयो । प्रदेश सरकारले भ्रष्टाचार निवारणका लागि हामीले संकल्प गरेको छौं भन्दै उहाले सके अन्त्य गर्ने नसके व्याप्त रहेको भ्रष्टाचार कम गर्ने दावि समेत गर्नुभयो । भ्रष्टाचारले मुलक जर्जर छ भन्दै उहा“ले चिन्ता समेत व्यक्त गर्नुभयो । ‘‘यस्तो अवस्थामा हामी चुप लागेर बस्ने हैन, अभियानलाई सहयोग गर्नुपर्छ’’– उहा“ले भन्नुभयो ।
कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भ्रष्टाचार कम गर्ने दायित्व सबैको भएको बताउनुभयो । भ्रष्टचार नियन्त्रणका लागि हरेक मानिस नैतिक रुपले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । हरेक क्रियाकलाप तथा गतिविधिको उपलब्धीहरु नियमित सार्वजानिक गरियो भने भ्रष्टाचार कम हुने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाकी प्रमुख होमकला पाण्डेले अहिले सबैभन्दा बढी भ्रष्टाचार उपभोक्ता समितिहरुबाट हुने गरेको बताउनुभयो । विकास निर्माणमा गठन भएका समितिहरु अहिले भ्रष्टाचारतर्फ उन्मुख भएको बताउनुभयो । कार्यक्रममा प्रमुख सचिब आनन्दराज ढकाल, ३ नम्बर प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई लगायतले बोलेका थिए । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिब ईन्दिरा दाहालले भ्रष्टाचार निवारण सम्न्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।