भ्रष्टाचार मुक्त प्रदेश बनाउन प्रतिवद्ध छुः मुख्यमन्त्री पौडेल

भ्रष्टाचार मुक्त प्रदेश बनाउन प्रतिवद्ध छुः मुख्यमन्त्री पौडेल

हेटौंडा , २३ मङ्सिर/ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार मुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध शुन्यशहनशीलता अपनाउने बताउदै भ्रष्टाचारलाई जरैदेखिे  फालेर भ्रष्टाचार मुक्त प्रदेश बनाउने अभियानमा आफू र सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो । 
पौडेलले भ्रष्टाचार विरुद्ध धेरै राम्रो काम गरेको भएपनि कतिपय अवस्थामा अख्तियारले कर्मचारीहरुलाई आतङ्कित बनाएको बताउनुभयो । बेनामी उजुरीका भरमा अख्तियारले कसैलाई दुख दिनु राम्रो पक्ष नभएको भन्दै मुख्यमन्त्री पौडेलले अख्तियारले गर्दा विकास निर्माणका काममा असर पर्न नहुने धारणा राख्नुभयो । भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु अख्तियारको मात्र नभई आमनागरिकको दायित्व रहेको उहाँको धारणा थियो ।  मुख्यमन्त्री पौडेलले भ्रष्टाचार अन्तयका लागि सबैले व्यवहारमा नै सदाचार कायम गर्नु पर्नेमा जोड दिनुभयो ।  भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचार मुक्त समाज निर्माणकालागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने उहाँको धारणा थियो । “जो जहाँ जुन दायित्वमा छ, उसले आफ्नो दाईत्व ईमान्दारीताका साथ पुरा गर्नु पर्छ , तबमात्र भ्रष्टाचार अन्त्य हुन्छ” उहाँले भन्नुभयो । उहाँले प्रदेश सरकारले भ्रष्टाचारमा शुन्य शहनशिलताको निति लिएको र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।