मुख्यमन्त्री डाेरमणि पाैडेलद्वारा नयाँ बर्षकाे शुभकामना सन्देश व्यक्त

मुख्यमन्त्री डाेरमणि पाैडेलद्वारा नयाँ बर्षकाे शुभकामना सन्देश व्यक्त

प्रदेशबासी तथा सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरुमा नयाँ वर्ष २०७७ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

 विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सारा संसारसंगै हाम्रोदेश नेपाल पनि लकडाउनमा छ । कोरोनाको कहरका बीचमा नै वि.सं. २०७६ लाई विदाई गर्दै नयाँ वर्ष २०७७ लाई स्वागत गर्नुपर्ने भएका कारण नयाँ वर्ष उल्लासमय भने हुन सकेन , यद्यपी हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं यो महामारीले हामीलाई ठूलो पाठ सिकाएको भने पक्कै छ । हाम्रा जीवनशैली, व्यवहार, आहारविहार, आनीबानीमा थुप्रै सुधार भएकाछन् । हाम्रा स्वास्थ्य संस्थाहरु हरेक स्वास्थ्य समस्याहरुको सामना गर्न सक्षम हुदै गएकाछन् । देशका आम नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत तमाम राष्ट्रसेवकहरुले महसुस गरेको कर्तव्यबोध र सबैक्षेत्रबाट प्रस्तुत ऐक्यवद्धताका कारण नै अन्य राष्ट्रले झै हामीले कहर भोग्नु परेको छैन् । नयाँवर्षले उक्त ऐक्यवद्धतालाई अझ मजबूत बनाउन सकोस भन्ने कामना व्यक्त गर्दछु । आगामी वर्षहरुमा सबैप्रकारका विपत्तिहरुको सामना गर्न सक्नेगरी पूर्वाधारहरुको विकासमा जोड दिने प्रतिवद्धता व्यक्त गर्दछु ।
नयाँ वर्ष २०७७ नेपाल र नेपालीहरुका लागि सुनौलो अवसर बनोस् । धेरै धेरै शुभकामना ।