राम्रा कामको सुरुवात भैसकेको छ ः मुख्यमन्त्री पौडेल

राम्रा कामको सुरुवात भैसकेको छ ः मुख्यमन्त्री पौडेल

हेटौंडा, २९ माघ/ बागमती प्रदेश सरकार गठन भएको माघ २९ गते आज दुई वर्ष पुरा भएको छ ।


२ बर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले शुन्य अवस्थावाट सुरु भएको प्रदेश सरकारले नयाँ फरक एबम् राम्रा कामको सुरुवात भैसकेको बताउनुभएको छ । नयाँ संरचनामा भए पनि बागमती प्रदेश सरकारले समग्रमा प्रदेशको अवस्थालाई बुझेर समानुपातिक विकासमा जोड दिएको उहाँको भनाई छ प्रदेश सरकार गठनको दुई बर्ष खेर नगएको भन्दै पौडेलले सरकार गठनको दुई बर्षमा गाउँ तहसम्म प्रदेश सरकारको उपस्थित पुगेको बताए ।
सुरुको एक वर्ष अन्यौलमा रहेको प्रदेश सरकारले ऐन कानुनकै अभावमा काम गर्न नसकेको भए पनि अहिले जतामाझ आफ्नो उपस्थिती जनाउन थालेको पनि उहाँले जानकारी दिनुभयो । “सुरुमा केही जटिलता भए पनि अहिले सरकार संचालनमा एउटा ट्रयाक निर्माण हुँदै गएको छ ।”बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ । प्रदेशको समग्र अवस्थालाई ध्यानमा राखेर समानुपातिक विकासको अवधारणाका साथ काम गरिरहेको उहाँको भनाई छ ।
प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्दै गर्दा जनताले पक्कै पनि परिवर्तनको अनुभुति गरेको भन्दै सकारात्मक प्रयासलाई सबैले साथ दिन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सुखी नेपाली, समृद्ध नेपाल निर्माणको संकल्प पुरा गर्न दृढ प्रतिबद्धता सहित ईमान्दार प्रयासका साथ अगाडी बढेको प्रदेश सरकारले समानुपातिक विकासको अवधारणा अनुसार ऐन कानुन निर्माण, कर्मचारी ब्यवस्थापन, पुर्वाधार ब्यवस्थापन, प्रदेश गौरवको आयोजना निर्माण, कृषि आधुनिकिकरण, कृषक प्रोत्साहन तथा अनुदान कार्यक्रम, पर्यटन क्षेत्रको विकास, औधोगिक विकास एवम् रोजगारी सिर्जना, शिक्षा क्षेत्रमा विद्यार्थीको स्वास्थ्य सुरक्षा, भौतिक पुर्वाधार एवम् शैक्षिक गुणस्तर सुधार, खेलकुदको क्षेत्रमा प्रतिभा पहिचान, प्रोत्साहन, खेल पुर्वाधारको विकास लगाएत अनेकौं कार्यक्रमहरु घोषणा गर्नुका साथै कार्यान्वयन भएर परिणाममा समेत देखिन थालेका छन् ।”
बागमती प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, एब बिद्यालय एक नर्स कार्यक्रम, आगामी आर्थिक बर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना देखी अध्ययन अध्यापन कार्य सुरु गर्ने, शिक्षा क्षेत्रमा गुणस्तरीयता र निरन्तरताका लागि छोरी वुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम, सामुदायिक विद्यालयहरुमा ई–लाइब्रेरी, युवा बैज्ञानिक प्रोत्साहन कोष, सामुहिक खेति, दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध कृषकहरुलाइ दूधमा प्रति लि १ रुपैया अनुदान, १० जिल्लाका १३ स्थानमा कोल्ड स्टोरेज निर्माण, मुना कृषि लिमिटेड स्थापना, लिफ्ट सिंचाई प्रणालीलाई अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी प्रदेशले गौरब एबम् महत्वपूर्ण एबम् गेम चेन्जर प्रोजेक्टका रुपमा पोष्ट बहादुर बोगटी (भिमफेदी÷कुलेखानी) सुरुङ मार्गको डि.पि.आर. भैरहेको, प्रदेश चक्रपथ निर्माण योजना, एकिकृत बस्ती विकास, आवश्यक ९९ मध्ये ४५ वटा कानुन निर्माण, १० जिल्लाका ४७ वटा प्रहरी इकाई भवनहरूको निर्माण, २ वटा प्रदेश स्तरीय औद्योगिक क्षेत्र र औद्योगिक करिडोर स्थापनाको तयारी, एक स्थानीय तह एक ग्राम उद्योग, ८ वडा हिलस्टेसन घोषणा, केन्द्रिय खेलकुद प्रतिष्ठान हेटौँडामा रंगशाला निर्माण, प्रदेशलाइ फलफुलमा आत्मनिर्भर वनाउने कार्यक्रम अभियान, दुई वर्षमा ५९ वटा जडीबुटी संकलन तथा भण्डारण केन्द्र स्थापनालगायतका योजनाहरु सुरु भएको उहाँले जानकारी गराउनुभयो । सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश बनाउने योजना, ५ वर्षे आवधिक योजना अन्तिम मस्यौदा तयार, एक घर एक धारा, विभिन्न प्रकोपमा परेकाहरुलाई आर्थिक सहयोगलगायतका कामहरु गरेको उहाँले बताउनुभयो ।