हरेक काम उत्पादन मुखी हुनुपर्छः मुख्यमन्त्री पौडेल

हरेक काम उत्पादन मुखी हुनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौंडा, ६ मंसिर \ ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा खानेपानीको सुनिश्चितता हुने बताउनुभएको छ ।

खानेपानी पहिलो आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पौडेलले हरेक जनताको घरमा खानेपानीको धारा जडान गरिने जानकारी दिनुभयो ।
शुक्रबार भीमफेदी गाउँपालिकाको कोगटे तथा ईपा क्षेत्रको भ्रमणका क्रममा उहाँले आधारभुत आवश्यकता पछि अन्य आबश्यकताहरु आउने भनाई थियो । उहाँले भन्नुभयो– “सबै जनताको घर अभाव रहित हुनुपर्छ अनिमात्र सम्बृद्ध नेपालको यात्रा सम्बभ हुन्छ” । सरकारले हरेक नेपालीलाई उत्पादनसँग जोड्ने गरी योजना बनाइरहेको पनि बताउनुभयो । हरेक नागरिकले हरेक काम गर्दा उत्पादनलाई ध्यान दिनुपर्ने बताउँदै उत्पादन मुखी काम गर्न आग्रह गर्नुभयो । यसैगरी मुख्यमन्त्री पौडेलले भौतिक बिकास संगसंगै अन्य सामाजिक बिकासलाई पनि अगाडि लैजान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“हरेक घरका बालबालिकाहरुले पढ्ने वातावरण पाउनुपर्छ, हरेक ज्यष्ठ नागरीकले आफ्नो खुशी अनुभब गर्न पाउनुपर्छ ।” भौतिक विकासलाई मात्र बिकास नठान्न आग्रह गर्दै अन्य विकासलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो । बिकासका पूर्वाधारबाट हरेक ठाउँ बिकास हुनुपर्ने भएपनि बिकासका नाममा बिनास गर्न नहुने कुरामा पनि सजग गराउनुभयो । मुख्यमन्त्री पौडेलले सुरुङ मार्ग निर्माणको चरणमा रहेको, हेटौंडामा चिकित्सा शास्त्रको अध्ययन सञ्चालन गरिने गरी शिक्षण अस्पतालको सुरुवात भइसकेको, प्रति वर्ष २५ सय प्राविधिक उत्पादन हुनेगरी प्राविधिक महाविद्यालय निर्माण धमाधम भइरहेको, सिन्धुली र चितवनमा सामुहिक खेतीको काम भई रहेको, जिल्लागत बिषेशताका आधारमा कृषि उत्पादनको लागि काम सुरु भएको लगायत प्रदेशमा थुप्रै कामहरु भएको जानकारी दिनुभयो । कृषि उत्पादन बृद्धि गर्न सरकारले सिंचाइँ, मलखाद, विउ विजन आदिको उचित व्यवस्थापनका गर्ने बताउदै पशुपालन, तरकारी खेति जस्ता रोजगार मुलक कृषिका लागि अनुदान उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“उत्पादित कृषि उपजको भण्डारणका लागि शीत भण्डार निर्माण र बजारीकरणको व्यवस्थाको काम पनि सुरु भएको छ ।” सामुहिक खेतीको अवधारणा ल्याएर काम गरे प्रदेश सरकारले सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।
हिजोको अबस्था भन्दा फरक भएको भन्दै मुख्यमन्त्री पौडेलले फरक अबस्थामा फरक ढंगबाट काम हुने बताउनुभयो । ब्यबस्था परिबर्तन संगै अब बिकासको बाटो पनि परिबर्तन हुने गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालगायत सहभागी हुनुहुन्थ्यो ।