तस्कर, दलाल र गुण्डाविरुद्ध अभियान चलाउछौं–गृहमन्त्री थापा

तस्कर, दलाल र गुण्डाविरुद्ध अभियान चलाउछौं–गृहमन्त्री थापा

चितवन, १७ असोज गृहमन्त्री रामबहादुर थापा बादलले तस्कर, दलाल र गुण्डाविरुद्ध अभियान चलाउने बताउनुभएको छ ।

 तस्कर, दलाल, भष्ट, गुण्डाहरु अहिले गृह मन्त्रालय विरुद्ध सक्रिय रहेको उहा“को भनाई थियो । बुधबार भरतपुरमा आयोजित लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनिकरणसम्वन्धी सचेतना तथा अन्तरक्रियामा गृहमन्त्री थापाले समृद्ध नेपालका लागि सबै प्रकारका अपराधि हटाउने समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहा“ले नेपाल र भारतका सिमानामा विभिन्न आपराधिक गतिविधि हुने गरेको भन्दै यसलाई दुबै राष्ट्र मिलेर गरिने बताउनुभयो । सिमानामा धेरै लागू औषधका ओसार पसारका क्रियाकलाप हुने गरेको भन्दै यस सम्बन्धमा सयुक्तरुपमा अभियान सञ्चालन गर्ने समेत जानकारी दिनुभयो । उहा“ले भन्नुभयो–‘ स्कूल, अस्पताल, राजमार्ग, मठमन्दिर भएको क्षेत्रमा कडाईका साथ मदिरा बेचविखनमा रोक लगाइने छ ।’
उहा“ले नेपाली युवालाई लागु औषधमा फसाउने,दलाल गरेर ठग्ने, वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने, ढुंगा गिट्टी बालुवाको तस्कार,सुन तस्करहरु सबैलाई हटाउने दावि गर्नुभयो । उहाले भन्नुभयो –‘ विगतमा यस्ता अपराधीहरु राजनीतिक दल, कर्मचारी र प्रहरीकै संरक्षणमा रहेका थिए, अव यस्ता दिन गए, अव सबैलाई हटाईन्छ ।’ लागू औषध र मदिरा सेवनकै कारण महिला तथा बालबालिकामाथि हिंसा र बलात्कार बढेको उहाको भनाई थियो । अव स्थानिय तहमा वडागत हिसमा मदिरा पसल पनि व्यवस्थीत गरिने जानकारी दिनुभयो । भारतको विहारको स्मरण गर्दै उहाले अव मदिरा किन्न जादा ३ पुस्ते भर्ने दिन पनि आउने बताउनुभयो । ‘३ पुस्ते भरेर मदिरा किन्न जानेले आफैं लाजको महशुस गर्छ अनि मदिराको सार्वजानिक विक्रि वितरण कम हुन्छ, अनि हिंसा पनि कम हुन्छ ।
कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले ३ तहको सरकारको समन्वयमा सबै कामहरु हु“दै जाने बताउनुभयो । तीनै तहका सरकारहरु एक अर्कामा पौंठाजोरी खेल्न नहुने बताउ“दै सबैले आ–आफ्नो स्थानबाट काम अगाडि बढ्नुपर्ने बताउनुभयो । अहिले प्रदेश सरकारका कामहरु प्रगतितर्फ उन्मुख भएको पनि बताउनुभयो । तर पनि नया“ संरचनाका कारण विविध समस्या भएकोले सोचे अनुरुप अगाडि बढ्न नसकिएको पनि जानकारी दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै उहा“ले सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्ने हो भने यस्ता आपराधिक घटनाहरु कम हु“दै जाने बताउनुभयो । यस्ता खाले जघन्य अपराध गर्ने अपराधीहलाई कुनै पनि बहानामा छुट नदिने पनि स्पष्ट पार्नुभयो । जवसम्म समाजमा आपराधिक प्रबिृत्तिका मान्छे रहन्छने तब सम्म समृद्धिको कुरा वाधक नै हुने बताउनुभयो । यस्ता कुरामा सरकारको मात्र बाटो हेर्न नहुने भन्दै उहा“ले यो अभियानमा सबैले सहयोग गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समाज अझै पनि सहि ढंगले अगाडि बढ्न नसकेको भन्दै चेतनाको स्तर माथि उकास्नुपर्ने बताउनुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले लागु औषध तथा मादक पदार्थ सेवनकर्ता बढ्नु र महिला तथा बालबालिका हिंसाका घटना बढ्नु लज्जित घटना भएको बताउनुभयो । सामाजिक विकास मन्त्री युवराज दुलालले यस्ता घटनालाई निस्तेज पार्न कसैले पनि अपराधिहरुको संरक्षण गर्न नहुने बताउनुभयो । यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १६ देखि २५ बर्षका युवाहरु पीडित पनि र पीडक पनि रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज खनाल, प्रदेश सभाको कृषि शिक्षा तथा स्वास्थ्य समितिका सभापति घनश्याम दाहाल, ससस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक दिलिपराज रेग्मी लगायत जिल्लाका प्रदेश सभा सांसदहरु, गाउ“पालिकाका प्रमुख तथा उपप्रमुखहरु र विभिन्न दल तथा सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।