योजनाहरु व्यबस्थित हुनुपर्छ–मुख्यमन्त्री पौडेल

योजनाहरु व्यबस्थित हुनुपर्छ–मुख्यमन्त्री पौडेल

हेटौंडा, १४ असोज ३ नम्बर प्रदेशका मुख्यमन्त्री एव्म प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष डोरमणि पौडेलले योजनाहरु व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।


३ नम्बर प्रदेश सरकार र प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हेटौंडामा ३ नम्बर प्रदेशको आवधिक विकास योजनाको आधारपत्र तर्जुमा सम्बन्धि दूई दिने सोच कार्याशालामा बोल्दै उहा“ले योजना व्यवस्थित नगरी बजेट विनियोजन गरे देश समृद्धको बाटोमा नजाने बताउनुभएको छ । उहा“ले प्रदेशले योजना बैंक बनाएर योजना बैंकका योजनाहरु आवश्यकता अनुसार झिकेर सम्पन्न गर्ने समेत बताउनुभएको होे । अब क्षणिक सोचमा प्रदेश सरकारले काम नगर्ने भन्दै आवधिक योजना बनाएर त्यसपछि गुरुयोजनाको साथ काम गर्ने बताउनुभएको हो । यस अघि खल्तिबाट चिट निकालेर योजना बनाउने र सम्पन्न गर्ने परिपाटी रहेकोले अब त्यसको परिर्वतन गर्ने बताउनुभएको हो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल देवकोटा अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर पिताम्बर शर्माले प्रदेशको आधारपत्र तयारी र भावी कार्यदिशा सम्बन्धि प्रस्तुति गर्नुभएको थियो । शर्माले ३ नम्बर प्रदेशको विशेषता, चुनौतीको विषयमा जानकारी गराउनुभएको थियो । उहा“ले ३ नम्बर प्रदेश सबै हिसाबले अगाडी रहेकोले विकास गरेर अग्रगामी प्रदेश हुने बताउनुभएको छ । समृद्धको प्रदेशको रुपमा रहेतापनि चुनौती पनि उत्तिकै रहेको बताउनुभएको हो । ३ नम्बर प्रदेशले तराई क्षेत्र कम ओगट्ने भएकोले खाद्यान्न सुरक्षा पनि चुनौतीको रुपमा रहेको बताउनुभएको थियो । प्रदेशको कार्यक्षेत्र अझै अन्यौल भएकोले आवधिक योजनाको लागि विचारणिय पक्षहरुको बारेमा समेत छलफल गर्नुपर्ने बताउनुभएको हो । यस्तै प्रदेशको भावी कार्यदिशा सम्बनधी प्रस्तुतीमा सामाजिक क्षेत्रमा विज्ञ पुर्णचन्द्र भट्टराई,लैङ्गिक क्षेत्रमा शोभा लामा,वातावरण क्षेत्रमा डा. दिनेश भुजु,आर्थिक क्षेत्रमा प्रा.डा. गोविन्द नेपाल, पुर्वाधार क्षेत्रमा ईन्जिनियर कृष्ण प्रसाद सापकोटाले प्रस्तुतीले गर्नुभएको हो ।
प्रस्तुती माथी ३ नम्बर प्रदेशका आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकट्टेल,प्रदेश सभा सदस्य मुनु सिग्देल,थाहा नगरपालिकाका मेयर लवशेर विष्ट लगायतको प्रश्न गर्नुभएको थियो । भोली सोमबार सम्म चल्ने कार्याशालामा सोच निर्माण सम्बन्धी, समुह कार्य, समुह प्रस्तुती हुने प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले बताउनुभएको छ ।